निषेधाज्ञा १० दिन थपियो अब के गर्न पाइन्छ? के गर्न पाइदैंन त ?

सरकारले नयाँ ऐनमा संशोधन गर्न तयार भएपछि आन्दोलनमा उत्रिएका नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले आज शुक्रबारबाट आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारका प्रतिनिधि र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच भएका ८ बुँदे सहमतिपछि संघर्ष समितिले आन्दोलन फिर्ता लिएका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने लगायतका व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु ३ दिनदेखि आन्दोलनमा उत्रिएका थिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृह सचिव प्रेम राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजिव गौतमले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् । कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे/नरहेको छानबिन गर्न समिति गठन गर्ने, लगायतका सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।
११ असार २०७८ काठमाडौं ।उपत्यकामा जारी निषेधाज्ञालाई तीन प्रमुख जिल्ला अधिकारीहरुले साउन २० गतेसम्म बढाउने निर्णय गरेका छन्। आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णयले १० दिन निषेधाज्ञा बढाउने निर्णय भएको हो ।

निर्णयसँगै निषेध गरिएका गतिविधिहरु:-

सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।
सञ्चालन गर्न पाउने गतिविधिहरु

व्यवसायको हकमा गरिएका निर्णयहरु:-

औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७:०० बजेसम्म सञ्चालन गर्न पाइने ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा गरिएका निर्णयहरु:-

कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने ।
सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।
अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने
सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने । पछाडी तेस्रो सिटमा ४-४ जनाका दरले ८ जना र चालक छेउमा १ जनागरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाइने ।
उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने ।

परीक्षा तथा अन्य विषयको हकमा:-

विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।
परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने ।
परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने ।
एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने ।
परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने ।
गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने । उपस्थित नई गर्नेपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने ।
यी आदेशको पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने पनि निर्णयमा जनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like