नेपालमा सरकारद्वारा शिक्षकलाई विभेद गरियो ,बोर्डिङमा कार्यरत शिक्षकको मासिक ८ हजार सरकारीको ५१ हजार तलब

५ साउन २०७८ काठमाडौं । नयाँ आर्थिक वर्षको
बजेट पारित भएपछि शिक्षकहरुको तलब ह्वात्तै बढ्ने भएको छ । नयाँ कार्यसूची अनुसार प्राथमिक तृतीय तहसम्मको शिक्षकको तलब ह्वात्तै बढेको हो । लगभग २८ हजार तलब हुनेको ३० हजार र ४९ हजार तलब हुने मावि तहका शिक्षकहरुले अब ५१ हजार तलब पाउने भएका हुन् ।

२३ देखि ४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल सरकारी शिक्षकको तलब यतिका बढेपनि निजी बोर्डिङ स्कुल(संस्थागत विद्यालय)मा कार्यरत शिक्षक शिक्षिकाहरुको तलब न्युन भएको पाइएको छ । नमुना बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकका अनुसार आफू कार्यरत विद्यालयमा शिक्षक मावि तहको २० हजार र प्रावि तहमा कार्यरत शिक्षकले महिनाको ८ हजार पाउँछन् ।

०६९ सालमा प्याब्सन र इष्टुबीच भएको सहमतिमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई विद्यालयबाट न्युनतम वेतन लागू गरिने र नियुक्ति पत्र दिइने भनी हस्ताक्षर भएको थियो । न्युजकिरण डटकम अनलाइन खबरलाई प्राप्त जानकारी अनुसार विद्यालय खोल्न अघि विद्यालयले आफ्ना शिक्षक कर्मचारीले पाउने सेवासुविधा सरकारी सेवा सुविधामा भन्दा २५ देखि ३५ प्रतिशत महिनवारी तलबमा थप गरेर खुवाउने उल्लेख छ ।प्राय: शिक्षक कर्मचारीहरु नियुक्त पत्र विना विद्यालयमा कार्यरत रहेका कारण यो नियम लागू हुने अवस्था छैन् ।

तर, भूकम्प र लकडाउनको चपेटामा परेका कयौं शिक्षक कर्मचारीहरु भने अहिले मारमा परेका छन् । सरकारी निकायबाट शिक्षक कर्मचारीको लागि न न्युनतम वेतन न नियुक्ति पत्र लागू छ अनुगमन गरिएको नै छ ।

newskiran.com

newskiran.com

You May Also Like