काठमाडौंका ५० देखि ५४ वर्ष उमेर समूहका लागि ४४ वटा खोप केन्द्रबाट साउन ४ गते खोप लगाइने

४ साउन २०७८ काठमाडौं ।अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान सोमबार देखि खोप लगाउन सुरु हुने भएको छ ।

खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा साउन ४ गते सोमबारदेखि खोप(अभियान) लगाउन सुरु हुने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए अनुसार अमेरिकाबाट कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई यो खोप सोमबार देखि लगाउन लागेको हो ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like