खोरबाट खसी चोर्ने युवा पक्राउ

खाँडादेवी गाउँपालिका–२ चुल्ठेपानीमा मध्य रातमा खोरमा बाँधेको खसी चोरी गरेर सित्खा बजारमा बेच्दा बेच्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते मध्य रातको समयमा चुल्ठेपानीका मनोज बुढाथोकीको गोठबाट खसी चोरेर खाडाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा बजारमा विक्री गर्ने क्रममा सोही वडाका ३० बर्षिैय हिमाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले २ वटा खसी चोरी सित्खा बजारमा बिक्री गरीरहेको अवस्थामा खसी हराएको सुचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार चोरी भएको खसी खसी धनीईनै बुझाई चोरी गर्ने ब्यक्तिलाई चोरीमा संलग्न तामा।लाई जिल्ला अदालत रामेछापबाट दस दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।