जगदीश चन्द्रको ‘कविता आँखाको गीत’


आँखाको गीत

-जगदीशचन्द्र

बुझिरहेको छु म
यिनका सबै षड्यन्त्र
चालबाजीका रङ्ग
शोषण दोहन
हेरिरहेको छु म
यिनका चम्किला अस्त्र
जसमा मानिसको रगत
लतपतिएको छ
युगयुगदेखिका
यिनका विधान
जुन देखिंदैनन्
भित्र भित्रै बुनिन्छन्
र सत्ताको उज्यालोमा
मानिसलाई
बेदखल गर्छन्
मानिसबाट
यी आँखाले
खिचिरहेका छन्
तिनका भर्चुअल तस्बिर
जसमा पोतिएको छ
मानिसहरूको
बर्सौंदेखि बग्दै आएको
भोकको रगत
आउने समयलाई
देखिरहेको छु म
मुक्तिको आख्यानमा
जमानादेखि म
त्यसैलाई गाइरहेको छु
अनि जीवनको सत्यलाई
आँखाको गीत बनाई
म आफैं गाइरहेको छु

newskiran.com

newskiran.com

You May Also Like