जगदीशचन्द्रको कविता घाउको सरबत


-जगदीशचन्द्र
कविता शीर्षक ‘घाउको सरबत’

उहिलेदेखि हुर्किरहेको पाकिरहेको
पहेंलिएको स्याउँस्याउँती
किरा परेको ठसठसती गनाइरहेको
आङआङमा बेरिएको रोपिएको
तिनकै शरीरको घाउ

तिनकै गणतन्त्र
तिनकै राजकुमार
स्वादसँग तिनकै घाउ
धेरबेर चाटिरहे ल्याफल्याफती पारिरहे

तिनकै गणतन्त्रको दौरासुरुवाल टोपीमा सजिएको
कविले घिनलाग्दो घाउको
रसमय बयान गरिरह्यो

तिनको रछ्याने
गणतन्त्रमा
मुख मिठ्याइ मिठ्याइ जिब्रो
पड्काइ पड्काइ
घाउ र पिपको सरबत
पिउने कति कति
होस् ।

newskiran.com

newskiran.com

You May Also Like