महालक्ष्मी नगर प्याब्सनले गर्यो कोरोना संक्रमित बोहोरालाई ५० हजार सहयोग


८ असार २०७८ ललितपुर । प्याब्सन महालक्ष्मी नगर संयोजक तथा QRT प्याब्सन केन्द्रीय कमिटि सदस्य के के मल्लको संयोजकत्वमा विभिन्न सहयोगी दाताहरुबाट सङ्कलित ५० हजार रकम कोरोना सङ्क्रमित शुभतारा स्कुलका कर्मचारी ज्ञानेन्द्र बोहोरालाई हस्तान्तरण गरेको छ ।

सोमबार बोहोरा निवास सङ्खदेवीमै गएर प्याब्सनका महालक्ष्मी नगर संयोजक कैलास कुमार मल्ल लगायत प्याब्सन जिल्ला कोषाध्यक्ष सुन्दर कुमार श्रेष्ठ, जिल्ला सचिवालय सदस्य मिलन शाक्य, पालिका कोषाध्यक्ष रीशा श्रेष्ठ नमुना माबि लुभूका शिक्षक राजु खड्का,सङ्क्रमितका छिमेकी दिनेश खत्री र गुठी अस्ट्रेलियाका नेपाल इन्चार्ज गङ्गा नेम्कुलको उपस्थितिमा सो रकम प्रदान गरेको थियो ।

प्याब्सनका महालक्ष्मी नगर संयोजक मल्लले न्युजकिरण अनलाइन खबरलाई बताए अनुसार बोहोराको स्वास्थ अवस्था क्रमिक सुधारोन्मुख अवस्थामा रहे पनि अक्सिजन लिइरहनु पर्ने भएकाले आगामी दिनहरुमा पनि निजलाई आवश्यक हुने अक्सिजनको ब्यवस्था पनि प्याब्सनले गर्ने प्रतिबद्धता जनाएको छ ।

प्याब्सन तथा दाताहरुबाट सङ्कलित ५० हजार रकम कोरोना सङ्क्रमित शुभतारा स्कुलका कर्मचारी ज्ञानेन्द्र बोहोरालाई प्रदान गरेसँगै मेलम्चीका बाढीपिडित शिक्षकलाई ६० हजार र केही दिन अगाडि मल्लको पहलमै सयपत्री विद्यालय सिन्चाहिटिका एक कर्मचारीलाई केन्द्र QRT बाट १५ हजार आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

newskiran.com

newskiran.com

You May Also Like