बैशाख १ अर्थात् नयाँ वर्ष कसको पालादेखि चल्दै

१ बैशाख २०८० काठमाडौं । राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१ देखि वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने चलन सुरु गरेका थिए । सोही अनुरूप आज देशैभर सार्वजनिक बिदा पनि परेकाले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउने गरिएको छ । नयाँ वर्षमा मिठो खाने, राम्रो लगाउने, घुमफिर गर्ने र एक आपसमा शुभकामना आदान प्रदान तथा मनोरञ्जन गर्ने गरिन्छ । पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ ।साथै नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च ओहोदामा रहेका व्यक्तिले आफ्नो शुभकामना आदानप्रदान गरिरहेका छन् ।