२३ श्रावण २०७५-आफ्नो पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य गरी तीन नेताको गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दसहितको संघर्षका विभिन्न कार्यक्रम घोषणा गरेको छ । राज्यले मंगलबार साँझ आफ्ना तीन नेतालाई गिरफ्तार गरेको भन्दै बुधबार अपराह्न विज्ञप्ति जारी गरेर सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले साउन २९ गते नेपाल बन्द सहितका अन्य कार्यक्रम विज्ञप्ति मार्फत घोषणा गरेका छन्।
newskiran.com
newskiran.com