३ पटक मदन पुरस्कार पाउने सत्य मोहन हस्पिटलमा भर्ना


३० जेठ २०७८ काठमाडौं । नेपालका विभिन्न गाउँगाउँ गएर विरही गीत सङ्कलन गर्दै जाँदा सत्यमोहन जोशीले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे। वि.सं २०१३ सालमा सो पुस्तकले मदन पुरस्कार पायो । मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

नेपालमा लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गरे र त्यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि वि. सं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार पाए। तेस्रोपटक वि. सं. २०२८ सालमा भने उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए। हालसम्म तीनपटक मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् ।

ललितपुर महानगरपालिकाले केही वर्ष अघि शताब्दी पुरुषको रुपमा सत्यमोहन जोशीलाई अभिनन्दन गरेको थियो भने कक्षा-६ को नेपाली किताबमा उनको खोला कविता समावेश छ । केही दिन देखि बिरामी भएर उनी किष्ट हस्पिटलमा छन् । ललितपुरका सभासद पम्फा भुसाल र राजकाजी महर्जनले उनलाई उपचार कक्षा पुगी भेटेर फर्किए । कोरोना कहर बढेसँगै दीर्घरोगीहरुलाई अलि बढी समस्या हुन थालेको देखिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like