जगदीशचन्द्रको कविता ‘कहिले’

कहिले


– जगदीशचन्द्र

कहिले होला
मानिसका हात
बलिया हतियार
बनेर
सत्ताका टाउकोमा
हान्ने अनि
छापामार जसरी
एक्कासि दौडिने

कहिले होला
मानिसका खुट्टा
बम बारुद बनेर
पुँजीवादी तानाशाहीका
दुनियाँमा पड्कने
अनि तिनको
सत्ताको दरबार
जलाउने

कहिले होला
मानिस
आधुनिक र नयाँ
डिजिटल अस्त्र
र बालिदेला
तिनको सुरम्य
आनन्दको संसार

कहिले होला
मानिस
तिनीहरूबाट
मुक्त कैवल्य

newskiran.com

newskiran.com

You May Also Like