पूर्व रुकुम एक्यवद्धता अभियानद्वारा दसौँलाखको स्वास्थ सामग्री वितरण


२६ जेठ २०७८ काठमाडौं । विपद् तथा महामारी विरुद्ध पूर्व रुकुम एक्यवद्धता अभियान टाेलीले कोरोना कहरबाट जनता बचाउने दसौं लाखको स्वास्थ सामग्री दाङको लमहीबाट राप्ती अञ्चलका लागि वितरण गरेको छ।मेची महाकाली अभियान अन्तर्गत सुरु देखि अस्पताल /स्वास्थ चौकीसँग निरन्तर हातेमालो गर्दै सहयोगमा लाग्न हौसला दिने पूर्व मन्त्री गणेशमान पुन र हेराम ओलीको पहलमा स्वास्थ सामग्री वितरण भएको हो ।

लमही पुगेर सामान रिसिभ गरिदिने हेराम ओलि र सहयोग उपलब्ध गराउने टिकाराम खड्का रुकुम कोट अस्पतालका डक्टर चौधरी कोल स्वास्थ चौकिका डा अनिल खाम बुढा रहेका छन । सम्पूर्ण स्वास्थ सामाग्री निशुल्क उपलब्ध बोधिसत्व बिहारले गराएको थियो । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको टिमले सो सामान रुकुम अस्पतालमा पुर्याउने जानकारीमा आएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा दुवै साइडबाट आरोही कल्पना महर्जन, शिक्षा तथा समाज सेवी रविन्द्र महर्जन, शिक्षा विद कर्ण शाहीप्रति विपद् तथा महामारी विरुद्ध पूर्व रुकुम एक्यवद्धता अभियान परिवारले आभार प्रकट गरेको छ । लिस्टमा भएको स्वास्थ सामग्री सम्भव भए सम्मको सामान कोल र रुकुम अस्पतालमा पुर्याउने प्रयास भएको पनि एक्यवद्धता अभियानले जनाएको छ।

कति सामान प्राप्त भयो भन्ने लिष्ट राखिने र सहयोग गरौ समन्वय गरौँ जन्म गाउँका जनता बचाऔँ अभियानमा अघि बढ्न सबैलाई आग्रह गरिएको छ ।



newskiran.com

newskiran.com

You May Also Like