कोरोनाले माउन्ट भ्यु बोर्डिङका प्रिन्सिपल राजकुमार महर्जनको मृत्यु


२५ जेठ २०७८ काठमाडौं । प्याब्सनकस केन्द्रीय सल्लाहकार सदस्य एवम् माउन्ट भ्यु सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल राजकुमार महर्जनको कोरोनाले मृत्यु भएको छ ।कोरोना (कोभिड) संक्रमित महर्जनको मंगलबार मृत्यु भएको हो । महालक्ष्मी नगरपालिका -७ चाँगाथली निवासी महर्जनलाई उनका एकमात्र सुपुत्रले दागबत्ती दिएका थिए । उनलाई लामो समयसम्म निमोनिया रहेको थियो ।

उनको अन्त्यष्टिका लागि आफन्त तथा शुभ चिन्तक मलामीहरुको लाम थियो । महालक्ष्मी नगर प्याब्सन संयोजक कैलाश मल्लले भने,लामो समय निमोनिया पिडित राजकुमार महर्जन प्याब्सन भक्तपुरको २ कार्यकाल नेतृत्व समालेका ब्यक्ति थिए ।उनको यो मृत्युले प्याब्सनलाई ठुलो क्षति पुगेको छ ।’

मंगलबार साँझ उनको महालक्ष्मी नगरपालिका अन्तर्गत डनबक्सो नजिकै आर्यघाटमा भएको अन्त्यष्टिमा प्रदेश सभासद राजकाजी महर्जन पनि पुगेका थिए ।

विभिन्न स्कुलका शिक्षक, पत्रकार लगायत मलामीहरुको सामान्य भिड रहेको थियो । प्रिन्सिपल राजकुमार महर्जनको कोरोनाले मृत्युपछि अधिकांश बोर्डिङ स्कुलका प्रिन्सिपल कोरोनाबाट सचेत बन्न थालेका छन् ।नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरुले कोरोनाको खोप नलगाइ स्कुल लगाउनु हुँदैन भन्दै आएका छन् ।


newskiran.com

newskiran.com

You May Also Like