निषेधाज्ञा फेरि थपियो,अब पसलहरु खोल्न पाइने,

 

जेष्ठ १९, २०७८ काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । सर्व साधारण जनताले भने निषेधाज्ञा हट्ने अपेक्षा राख्दै अघिल्लो दिन सडकमा बाक्लो पैदल यात्रा गर्न  थालिसकेका थिए ।

यस अघिको बैठकले बैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट  भने थप कडा पारेको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न भने दिने निर्णय गरेको छ ।

 

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ । दिउँसो लेबर राखेर काम गर्न दिइने छ ।

newskiran.com

newskiran.com

You May Also Like