नेपाल खेलकुद महासंघ रामेछापको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

२६ चैत्र २०७९ काठमाडौं । नेपाल खेलकुद महासंघ रामेछापको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले अध्यक्षमा तेज घिसिङलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा नवीनकुमार कार्की र सोनिया बस्नेत चुनिनु भएको छ ।

अधिवेशनले मनोज माझीलाई सचिव चुनेको छ । त्यस्तै सहसचिवमा महेश्वर बस्नेत र रत्न काजी भण्डारी चुनिनु भएको छ । कोषाध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत हुनुभएको अधिवेशनको बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य एवं राष्ट्रिय खेलकुद महासंघका कोषाध्यक्ष उज्वल सुवेदीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले गर्नुभएको थियो । उद्घाटन समारोहमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, वाग्मती प्रदेश कमिटी अध्यक्ष सिताराम कार्की, एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ लगायत जिल्ला पार्टीका पदाधिकारी र सदस्य, पार्टीको पालिका कमिटीका पदाधिकारी तथा सदस्य र विभिन्न पालिकाबाट आएका खेलाडीका साथै प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा मार्सल आर्टका खेलाडीहरूले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए ।