प्रस्तावित प्रधान न्यायाधिस आजैबाट बिदामा…

२० श्रावण २०७५-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी आज देखि विदामा वस्दै छन । आजैं दे्खि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतमा पेशी तोक्ने छन ।कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै जोशी बिदामा बस्न लागेका हुन । जोशी विदामा वसेपछि वरिष्ठत्म न्यायाधीश मिश्रले आज आइतबारदेखि पेशी तोक्ने तयारी बताईएको छ । यसैगरि कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन ।उनले हिजो एक् विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन ।

newskiran.com

newskiran.com

You May Also Like