भगाइसँगै बलत्कार………

१८ श्रावण २०७५-एजेन्सी । प्रेममा मानिस अन्धो हुन्छ भन्ने त सुनिन्थ्यो तर, यहाँ समाज नै अन्धो बनेको छ । भारतको राजधानी नयाँ दिल्लीको भागपत गाउँको ‘पञ्चायती’ नै अन्धो बनेर यस्तो फैसला गरेको कि जस्ले विश्वलाई नै स्तब्ध र लज्जित बनाइदिएको छ । विवाहित महिलाको प्रेममा अन्धो भएका दाइले उनलाई भगाएर लगेपछि बदला लिन ‘पञ्चायती’ले उनका दिदीबहिनीमाथि बलात्कार गर्ने र कालोमोसो दलेर नांगै गाउँ घुमाउने फैसला गरेको छ । यो फैसलापछि २३ र १५ वर्षीया दिदीबहिनी अहिले दिल्लीमा भूमिगत छन् भने दाइलाई झूटो मुद्दामा जेल हालिएको छ । यो घटनाको पर्दाफास बलात्कारको सजायँ पाएर दिल्लीमा भुमिगत रहेकी दिदी मीनाक्षीले सञ्चार माध्यमलाई अन्तरवार्ता दिएपछि भएको हो । गाउँलेहरुले उनीहरुमाथि बलात्कार आदेश दिँदा दिदीबहिनी दुबैजना एउटा वैवाहिक कार्यक्रममा भाग लिन दिल्ली आएका थिए । एक छिमेकीले उनीहरुलाई फोन गरी गाउँ नफर्किन सल्लाह दिएको मीनाक्षीले अन्तरर्वार्ताका क्रममा भनेकी छिन् । उनका दाईले माथिल्लो जातकी एक विवाहित महिलालाई भगाएपछि उनीहरुमाथि यस्तो सजायँ सुनाइएको हो । परिवारको दासीको जस्तै व्यवहारले माथिल्लो जातकी २२ विवाहित महिला कृष्णा रविसँग भागेकी हुन् । मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले यो घटनाको चर्काे विरोध गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like