१० बैशाख २०७८ काठमाडौं । सरकारले विद्यालय बन्द गराउने निर्णय गरेसँगै अधिकांश अभिभावक अन्योलमा परेका छन् ।आफ्ना बालबालिकालाई विद्यालय छाडेर रोजीरोटीका लागि आफ्ना पेशा, व्यवसाय र रोजगारमा लाग्ने अभिभावकहरु अन्योलमा परेका हुन् ।भुईंभरी छरिएका आहार खाएर रुखको हाँगामा बसेका परेवाहरु देखाउँदै दोलखाली सुनिता भन्छिन् हामी अभिभावक अन्योलमा छौँ। बच्चालाई विद्यालय पठाएर आफू अफिस गइन्थ्यो तर विद्यालय बन्द छ यसलाई हेरेर बस्ने कि अफिस जाने ? त्यसो त यो एउटा उदाहरण मात्र हो। यस्ता भनाई राख्ने प्राय: अभिभावकहरु विद्यालय बन्द गर्दा भन्दा खोलिँदा आफ्ना नानीबाबुहरूलाई सुरक्षित ठान्ने गर्छन् ।
रामेछाप घर भई हाल महालक्ष्मीस्थान बस्ने गंगामाया पनि बालबालिकाको विद्यालय लागेको भए काममा जान पाइन्थ्यो भन्छिन् । सरकारले गतसाल एक्कासी लडाउन गरेपछि कयौँ उपत्यकामा बसेर गरिखाने हरुको कन्तबिजोग भएकाे थियाे ।यसपालि त्यस्तो नहोला कहाँ भन्न सकिन्छ र भन्छिन् डोल्पा घर भइ भक्तपुरमा घर बनाउने काम गर्ने राम दाई । लगनखेलमा सडक पसल गर्ने कमलाको भने छुट्टै भनाई छ ।उनी भन्छिन् कोरोनाको निहुँमा कहाँ जनतालाई दुःख दिन पाइन्छ सरकारले । यसपालि त मरे मरिन्छ लडाउन होस वा बन्द बाल मतलब ।काम भए माम हुने हो । महालक्ष्मी मन्दिर परिसरमा परेवाहरु विना मास्क खान हुने उड्न हुने हामी चाहि हेर्नु न भन्या माक्स लगाएर सास थुनिएर बस्नु पर्ने भन्दै एक भक्तजनले न्युजकिरण अनलाइन खबरसँग ख्याल ठट्टा गरिन् ।
(यस्तो छ महालक्ष्मी स्थानमा परेवा चर्दै उड्दै गरेको दृश्य)
कति अभिभावकहरु मन्टेश्वरी विद्यालयमा आफ्ना नानीहरूलाई भर्ना गर्ने र आफू दिनभर रोजगारमा जाने गर्दथे । अहिले विद्यालय नचलाउन स्वास्थ्य मन्त्रालयले गरेको निर्णयले धेरै अभिभावकहरु मारमा परेका छन् । केही अभिभावक त दिनभरि आफ्ना नानीबाबुहरूलाई खेलाएर बस्दै समय कटाउन थालेका छन् । एक महिना वैकल्पिक शिक्षण विधि अनलाइन कक्षा चलाउने सरकारी नीतिले कतिको रोजीरोटीमा असर नपर्ला भन्न सकिन्न त्यसतिर सम्पूर्ण सरोकारवालाहरुको ध्यान पुग्न जरुरी छ । भिडियो हेर्नुहोस् एक अभिभावकले कसरी खेलाउँदै छन् त नानीलाई