९ बैशाख २०७८ काठमाडौं । धुवाँ धुलोले आक्रान्त पारेको नेपालको राजधानी काठमाडौंमा केही दिन देखि फाट्टफुट्ट वर्षा भएपछि गुजुमुज्ज घरहरु सफाचट देखिन थालेका छन् । एकातिर राजधानी काठमाडौंमा घनाबस्ती, वातावरण प्रदुषण कोरोना कहर अर्को तिर हरेक सुख सुविधायुक्त सहर बस्ने रहर कसलाई हुन्न र? अघिल्लो वर्ष ०७६ चैत ११ गते लगाइएको लडाउन २ हप्ता भित्र खुल्छ भन्ने हल्ला चलेको थियो । सो सँगसँगै कयौं मानिसहरु उपत्यकामा बस्न नसकेर हिँड्दै आफ्नो गाउँ घर फर्कन बाध्य भएका थिए ।
यसपालि विद्यालय मात्र बन्द गर्न सरकारबाट निर्देशन आएको छ ।के शिक्षण संस्था बन्द गर्देमा कोरोना फैलावट रोकिन्छ र ? सरकार मातहतका केही शिक्षण संस्थाहरुमा कार्यरत कर्मचारीहरुको महिनावारि तलब आएपनि निजी शिक्षण संस्थामा आवद्ध कर्मचारीहरुको काम नचली तलब नपाइने अवस्था छ । विगत झै विद्यालय पाँच सात महिना बन्द हुने हो भने यो पटक शिक्षण संस्थाहरुमा आवद्धहरु नै बढी मारमा पर्नेछन् । सरोकारवाला हरुले समयमै सोच्न जरुरी छ ।
प्राय: खुला आकाशमुनि उड्ने पंक्षीहरुले अरुले दिएको आहारमा आश्रित हुँदै आहारविहारको जोहो गर्नुपर्ने हुन्छ । आफैले खोजेर मात्र कति दिन खान सक्छन् त पंक्षीहरुले।के उनीहरुलाई कोरोना कहरले छुँदैन । हेर्नुहोस् भिडियो सहित आहार विहारमा रुमलिएका पंक्षी दृश्य:-