सरकारले गरेको बन्दको अवज्ञा गर्दै ,प्रि बोर्ड सुचारु

८ बैशाख २०७८ काठमाडौं । निजीतथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले आफू मातहतका विद्यालयका एसईई ‘प्रि-बोर्ड’ परीक्षा सुरु गरेको छ । प्याब्सनले बैशाख ५ गते देखि देशभरका ४ हजार ५ सय भन्दा बढी विद्यालयमा प्रि बोर्ड परीक्षा सुरु गरेको हो ।

बढ्दो कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी ‘होम सेन्टर’को अवधारणा अनुसार परीक्षा भइरहेको प्याब्सन ललितपुर उपाध्यक्ष विष्णु बस्नेतले न्युजकिरण अनलाइन खबरलाई जानकारी दिए । त्यसैगरी एन प्याब्सनले पनि बैशाख ९ गतेबाट परीक्षा सुरु हुने बताएपनि बैशाख ६ बाट नै प्रि बोर्ड परीक्षा सुरु गरेको जनाएको छ ।एन प्याब्सन मातहतका २ हजार ५ सय ६२ विद्यालयमा ‘होम सेन्टर’को अवधारणा अनुसार नै परीक्षा संचालन गरिएको एनप्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

सामुदायिक बिद्यालयहरुमा भने प्रि-बोर्ड परीक्षा हुने वा नहुने अझै निश्चित भैसकेको छैन् । उपत्यका बाहिर भने बैशाख ३० गतेबाट परीक्षा सुरु हुने एक सरकारी शिक्षकले बताए । गतसाल लकडाउनका कारण परीक्षा नै नदिई पास भएका थिए । यसपालि होम सेन्टर राखेर भएपनि एसईई परीक्षा गर्ने सोच परी नियन्त्रण को छ ।

newskiran.com

newskiran.com

You May Also Like