यसपालिको एसईई परीक्षा केन्द्रबाटै लिइने, प्रश्न पत्र तयार हुँदै


८ बैशाख २०७८ काठमाडौं । कोभिड – १९ महामारीका कारण अभिभावक र विद्यार्थी बीच यो वर्षको एसईई परीक्षा के हुन्छ भन्ने अन्यौल कै बीच ती दिनअघिबाट राष्ट्रिय परीक्षा बोर्डले एसईईको प्रश्नपत्र छाप्ने काम सुरु गरेको छ ।
एसईईको प्रश्नपत्र छपाई १५ दिन देखि २० दिन भित्र सक्ने योजनामा रहेको निमित्त परीक्षा नियन्त्रक भवराज कोईरालाले जानकारी दिए ।उनले यसवर्ष २ हजार १६ केन्द्र छुट्याएको र यसका लागि बोर्डको बैठ्क बसेर अन्तिम निर्णय हुन बाँकि भएको बताए ।

कोभिड –१९ को महामारीको विकल्पमा अहिले नै कुनै तयारी नभएको र यदि महामारी झन बढ्दै गयो भने त्यो अवस्थामा नेपाल सरकारले जे निर्णय गर्छ, त्यस अनुरुपको प्रक्रियालाई अघि बढाइने उनको भनाइ थियो ।अघिल्लो वर्षको परीक्षामा विद्यालयबाट नै विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गर्दा परीक्षा प्रक्रिया सन्तुलन र प्रभावकारी बन्न नसकेकाले यो वर्ष सकेसम्म केन्द्रले नै परीक्षा लिने तयारी गरेको पनि उनले बताए ।

०७६ सालको एसईई कोभिड–१९ का कारण परीक्षा हुनुभन्दा अगाडि नै स्थगित भएको थियो । परीक्षा नै नलिइ आन्तरिक मूल्याङ्कनबाट सम्पूर्ण एसइइका परीक्षार्थीहरुलाई उत्तीर्ण गराइएको पनि थियो,त्यसले न विद्यार्थीको शैक्षिक गुणस्तर मापन प्रभावकारी बन्यो न सक्षम विद्यार्थी र थोरै सक्षमबीचको मापन सही बन्यो । कतिपय विद्यालयले त मनपरी नम्बर हालेर विद्यार्थी पास गरे भन्ने हल्ला समेत उब्जिएको थियो । यस वर्षबाट जापानबाट पनि एसईईको परीक्षा दिने व्यवस्था गरिएको छ । जसमा २४ जना विद्यार्थीले परीक्षा दिनेछन् । यो वर्ष(०७७)एसईई परीक्षा दिने विद्यार्थी संख्या ५ लाख १७ हजार १ सय २२ जना रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like