बाँके जिल्लामा बैशाख ९ गतेदेखि लकडाउन गरिने

७ बैशाख २०७८ काठमाडौं ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले लकडाउन गर्न सिफारिस गरेको छ । डीसीसीएमसीको मंगलबार बसेको बैठ्कले एक साताका लागि विहिबार देखि लकडाउन गर्न सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा बैशाख ९ गतेबाट एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरिएको छ । ‘लकडाउनका लागि सिफारिस गरेका छौं’, प्रजिअ गेलालले भने ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल भइरहेको छ।

बाँके डीसीसीएमसीको बैठ्कमा जिल्लाभर लकडाउन गर्ने या नेपालगञ्ज उपमहानगरपालिका भित्र मात्रै भन्ने विषयमा मतभेद देखिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।उनले केन्द्र सरकारसँगको समन्वयमा क्षेत्रको टुंगो लाग्ने र कुनै पनि ठाउँमा दुई सय भन्दा बढी संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सकिने बताएका हुन् । मंगलबार सम्म जिल्लामा ८ सय ६६ जनामा कोरोना संक्रमण देखिएको साथै नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी कोरोना संक्रमित रहेको पनि उनले बताए ।

सरोकारवालाहरुले बाँकेमा लकडाउन गर्नका लागि दबाब दिएका थिए । सोमबार नेपालगञ्जस्थित भेरीमा अस्पताल मात्र ३ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २ सय १९ जनामा सक्रमण पुष्टि भएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like