गोविन्द केसीलाई भेटेपछि नारायण काजी श्रेष्ठले दिनुपर्यो राजीनामा

१६ श्रावण २०७५-पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग अध्यक्ष ओलीले सचिवालय बैठकमा मौखिक स्पष्टीकरण लिएपछि राजीनामा दिएका छन् । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालबाट भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै ओलीले बैठकमा स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल पुगेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए । अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले उनको कार्यशैली ठीक नभएका कारण आफूले प्रवक्ता पदबाट राजीनामा दिएको श्रेष्ठले निकटस्थहरूलाई बताएका छन् । श्रेष्ठले राजीनामापत्र फिर्ता नलिएपछि उनलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको स्रोतले जनायो । तर, घाँटीको समस्याका कारण केही दिनयता घरमै आराम गरिरहेका श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले भनाइ छ।यो खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like