स्वयम्भूू यसरी देखिन थाल्यो भीडभाडमय, हेर्नुहोस् भिडियो सहित


१ बैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले केहि दिन अघि २५ जना भन्दा बढी जमात भेला हुन र हिँडडुल नगर्न भने पनि स्वयम्भू मन्दिर परिसरमा भने हिजोआज भीड लाग्ने गरेको छ । न्युनिकरण डटकम अनलाइन खबर टिमद्वारा १ बैशाख २०७८ मा खिचिएको भिडियो दृश्यमा प्रत्यक्ष भीड लागेको देखिएको हो । उपत्यकाको दृश्यावलोकनका लागि हप्तामा एक दिन प्राय: भीड लाग्ने गर्दछ । बुधबार १ गते भने नयाँ वर्ष परेको थियो ।

अन्य बेला शनिबार मात्र भीड लाग्ने गर्दछ । दर्शनार्थी मनोरम दृश्य हेर्न पनि स्वयम्भू मन्दिर परिसरमा जाने गरेको एक दर्शनार्थीले बताए । उपत्यकाको दृश्यावलोकनका लागि हप्तामा एक दिन स्वैच्छिक भ्रमण गर्ने गरेको पनि उनले बताए । स्कुल कलेजमा विद्यार्थी भीड लाग्ने हुनाले अनलाइनबाट एक महिना अध्यापन गराउने नीति सरकारले लिएको छ तर विद्यालय/विश्वविद्यालय भन्दा बजार र मठ मन्दिर परिसरमा भीडभाड हुन लाग्दा सरोकारवाला निकायले ध्यान दिनु पर्ने जरुरत देखिन्छ । हेर्नुहोस् भिडियो सहित स्वयम्भू भीडभाड दृश्य

newskiran.com

newskiran.com

You May Also Like