पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जाँदै

१५श्रावण२०७५-पूर्वराजा ज्ञानेन्द्र जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर बुधबार श्रावण १६ गते थाइल्यान्ड जाँदैछन्। । उनका साथ पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र सशस्त्र प्रहरीका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड पनि जान लागेका छन् । उच्च शिक्षा अध्ययन गर्न दुई वर्षअघि थाइल्यान्ड पुगेकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पनि जाने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेका हुन् । अध्ययनको बन्दोबस्त मिलाउन पूर्वयुवराज्ञी हिमानी यसअघि नै निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छन् । पुत्र ह्रदयन्द्रलाई लिएर हिमानी एक साताअघि थाइल्यान्ड पुगिसकेकी छिन् भने ज्ञानेन्द्र शाह सपरिवार थाइल्यान्ड जाँदा पनि पूर्वयुवराज पारस भने नेपालमै बस्ने भएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like