ललितपुरमा सागर न्यौपाने प्यानल विजयी


२६ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी भएको छ । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका छन् । त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भएका हुन्।


newskiran.com

newskiran.com

You May Also Like