शैक्षिक संस्था/विद्यालय बन्दको अन्तिम दिन स्कुले विद्यार्थीहरु स्तुपामा उफ्रीपाफ्री


२१ चैत २०७७ काठमाडौं । वातावरण प्रदुषण भएको भन्दै सरकारको चारदिने शैक्षिक संस्था बन्दको अन्तिम दिन स्कुले विद्यार्थीहरु स्तुपा चढेर उफ्रीपाफ्री गरेका छन् । चैत १७ देखि चैत २१ गतेसम्मको चार दिने शैक्षिक संस्था/विद्यालय, विश्वविद्यालय पूर्व निर्धारित परीक्षा संचालन बाहेकका सबै कक्षाहरु बन्द भएका थिए । बन्दको अन्तिम दिन लगनखेलमा अवस्थित एक स्तुपा चढेर स्कुले विद्यार्थीहरु उफ्रीपाफ्री गरेका हुन् । मन्दिर परिसरमा रहेका एक सरसफाई गर्ने व्यक्तिले भने स्कुले विद्यार्थीहरुलाई उफ्रीपाफ्री नगर्न सुझाइ रहेका थिए ।

एकाथरी अभिभावकको गुनासो छ विद्यार्थीहरु घरमा बस्दा भन्दा स्कुले अवस्थामा सुरक्षित छन् । अर्काथरी अभिभावक भने बिदाको एक दिन स्वैच्छिक भ्रमण गरेका स्कुले नानीबाबुहरु चलाख हुने धारणा राख्दछन् । जे होस बालबालिकालाई स्वतन्त्रताको अधिकार कति हदसम्म दिन राम्रो हो सरोकारवाला हरुको भूमिकामा निर्भर रहने एक बालमनोविश्लेषकले बताए । हेर्नुहोस् भिडियो सहित स्तुपा दृश्य:

newskiran.com

newskiran.com

You May Also Like