२१ चैत २०७७ काठमाडौं । मेलम्चीको पानी पाटनमा झरेपछि स्थानीयहरु ड्रम बोकेर थाप्न कस्सिएका छन् । शिवरात्रीको दिन मेलम्ची खानेपानीको उद्घाटन गरिए पनि ललितपुरका धारामा भने पानी नआएको सौगलका स्थानीय नानी मैयाले बताइन्।
उनले भनीन-शनिबार चाहि पाइप फुटेको ठाउँ ग्वार्को प्रभात चोक नजिकैबाट पानी आयो । स्थानीयलाई राजधानी सहरमा मेलम्ची आउँछ भन्ने कुरा पत्यारै थिएन्। शनिबार एक्कासी ललितपुरका धारामा पानी बग्न थालेपछि पक्का विश्वास भयो । सोही दिन ललितपुर ग्वार्को नजिकै बिछ्याइएको मेलम्ची खानेपानीको पाइप फुटेको ठाउँमा दिउँसो पानी आएपछि कोही ड्रम बोकेर पानी थाप्न कस्सिएका थिए भने कोही लुगा धुँदै गरेको दृश्य देखिन्थ्यो ।हाम्रा न्युजकिरण डटकम अनलाइन खबरका संवाददाताले यसरी त्यहाँको भिडियो दृश्य खिचेका छन् ।