भटुक भैरबमा किन पूजा गरिन्छ? हेर्नुहोस् भिडियो सहित


२१ चैत २०७७ काठमाडौं । लिच्छविकालीन राजा अंशु वर्माले भारतको प्रयाग भ्रमणबाट फर्केपछि बटुक भैरव स्थापना गरेका थिए पछि वि.सं. १९९१ सालमा जुद्धशमशेरले यो मन्दिर जीर्णोद्धार गराए ।हाल यो मन्दिरछेउ दुई वटा पाटी पनि निर्माण गरिएका छन् ।यस मन्दिरमा रहेका विभिन्न वस्तुहरू विभिन्न समयमा विभिन्न भक्तहरूले चढाएका हुन् ।

बटुक भैरव काठमाडौँ उपत्यकामा पुजिने अष्ट भैरवमध्येका एक हुन् । यिनलाई शिवजीको उग्र रूप मानिन्छ। भैरवहरू तान्त्रिक देवता मानिन्छन् । यस मन्दिरको स्थापना तान्त्रिक विधिबाटै गरिएको भन्ने उल्लेख छ। ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई त्यहाँका अर्का देवता मीननाथका कुलदेवता पनि मानिएको छ । मन्दिर क्षेत्रमा आइतबार र बिहीबारका दिन श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like