काँग्रेसले १५ साउनमा जनप्रदर्शन गर्ने

१२ श्रावण २०७५-कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार विरुद्धको आन्दोलन अझै नटुंगिएको भन्दै चिकित्सा शिक्षा विधेयकले कानूनको रुप नलिएसम्म आन्दोलन नरोकिने बताए । शनिवार हेटौडामा कार्यकर्तासँग प्रवक्ता शर्माले साउन १५ देशैभर हुने जनप्रदर्शन शसक्त बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले सडक र सदनमा आवाज उठाएको कारण सरकार सहमति गर्न बाध्य भएको उनले दाबी गरे । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै त्यसको कार्यान्वयनको लागि कांग्रेसले अझै आन्दोलन चर्काउने बताए ।

newskiran.com

newskiran.com

You May Also Like