उपत्यकामा पानी परेसँगै प्रदुषण घट्ने


१८ चैत २०७७ काठमाडौं ।विश्वको नम्बर एक प्रदुषण सहरको रूपमा रहेको काठमाडौं उपत्यकामा बुधबार साँझ हल्का वर्षा सुरु भएको छ । वायु प्रदूषणको कारण देखाउँदै सरकारले उपत्यका लगायत देशैभर संचालित स्कुल कलेज चैत सत्र देखि बिस गते सम्म सार्बजनिक बिदा दिएको छ । बुधबार दिनभर मौसम सफा रहे पनि साँझपख भने हल्का वर्षा भएको हो । साँझ बर्षा हुन सुरु भएपछि उपत्यकाको मुख्य प्रदुषण कम हुने अनुमान गरिएको छ । साँझ पख भने सडकमा गाडीहरु गुडीरहँदा सामान्य आकाशमा बादल लागेको थियो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान पनि हेर्नुहोस

चैत्र १८ गते (बुधबार)

राती : देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडि भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

चैत्र १९ गते (बिहिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

newskiran.com

newskiran.com

You May Also Like