वायु प्रदूषण देखिएपछि भोलिबाट सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारको आकस्मिकनिर्णय


१६ चैत २०७७ काठमाडौँ ।शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्मा द्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने जनाइएको छ । बैठ्कले पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने निर्णय गरेको छ ।यस अघि शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठ्कले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो । यसको केही बेरमा प्रेस विज्ञप्ति प्रकाशित भएपछि शिक्षक संस्था बन्द हुने जनाइएको हो ।

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको हो ‌‌।चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठ्कमा छलफल भएको थियो ।शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like