दक्षिणकाली मन्दिर एक चर्चा हेर्नुहोस भिडियो सहित


१४ चैत २०७७ काठमाडौं । राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा दक्षिणकाली मन्दिर रहेको छ। यो कालीदेवीको मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। छत्तीस कालीदेवी मध्ये एक दक्षिण काली हो ।फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर चारैतिर हरियालीले सजिएको छ । मन्दिर दुई नदीको दोभानमा पर्छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।यो स्थल वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको छ ।

परम्परागत रूपमा राजाहरू पनि यहाँ बर्सेनि बैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो मन्दिर शान्त वातावरणमा अवस्थित छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् ।

पहिलेपहिले यो मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रिएको पनि अझै देख्न सकिन्छ।प्राय: शनिबार मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like