पठाओ पुनः बुधबार दिउँसोबाट सुचारु


११ चैत २०७७ काठमाडौं । बन्द गरिएको हल्ला चलिरहेको पठाओले पुन: सेवा सुचारु भएको जनाएको छ । अघिल्लो दिन पठाओ बन्द हुने हल्ला चलेको भएपनि पठाओले बुधबार दिउँसोबाट एप्लिकेशन सेवा पुन: सुचारु भएको जनाएको हो ।
प्राविधिक कारणले सफ्टवेयरमा समस्या आएपछि मंगलबार दिउँसोबाट सेवा अवरुद्ध भएको पनि पठाओले सेवाग्राहीलाई जानकारी गराएको थियो ।

योसँगै पठाओद्वारा सञ्चालित बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा आज दिउँसो ३ बजेबाट पुनः सञ्चालनमा आएको छ ।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न कम्पनीले अनुरोध समेत गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like