ललितपुरका अधिकांश ढुङ्गे धाराहरूबाट पानी तिरतिर झर्न थाले


११ चैत २०७७ काठमाडौं । बर्खामास जवानी बन्ने ललितपुरका अधिकांश ढुङ्गे धाराहरु हिउँदयामसँगै दुब्लाउँदै तिरतिर धाराको रुपमा देखिन थालेका छन्।मेलम्चीको पानी शिवरात्री तिर उपत्यकामा ल्याइएला र छङछङ ढुङ्गे धाराबाट पानी बग्ला भन्ने आशामा रहेका धारामा पानी सुक्दै गएपछि रित्ता ड्रमहरु तिरतिर धाराको रुपमा देखिन थालेका हुन् । चर्को कोठा भाडामा न पानी छ न बहाल नै सस्तो?बर्खेनी बहाल बढेको बढेकै ? सरकारले लडाउन अवधिमा एक महिना कोठाभाडामा बस्नेहरुलाई एक महिना कोठा भाडा छुटको घोषणा समेत गर्यो तर त्यो चाँही लागू भएन ।उल्टै न घरको कर घरधनीहरुले तिरे न सरकारले नियम बनाएर कार्यान्वयन तर्फ जान सक्यो ।बरु उल्टै उपत्यकामा बनेका घरहरुको तथ्याङ्क राख्न समेत सरोकारवालाहरुले समेत राख्न सकेनन् भन्दा फरक नपर्ला? सुन्धारा,बङ्गलामुखी,सिन्चाहिटि,थपाहिटी,कनिबहाल,धोबीघाट, शङ्खमुल लगायत ठाउँका धाराहरुमा बर्खामास जवानी धारो बन्ने गरेपनि हिउँद महिनामा भने तिरतिर मात्र पानी झर्ने गर्दछ ।यो चित्र ललितपुरको भोलढोका नजिकै रहेको ढुङ्गे धाराको हो ।
हेर्नुहोस भिडियो सहित

newskiran.com

newskiran.com

You May Also Like