११ चैत २०७७ काठमाडौं । भातले १३ सहरमा लकडाउन गरेसँगै छिमेकी मुलुक नेपालमा पनि कोरोनाको जोखिम बढ्न थालेको छ ।०७६ चैत ११ गते गरिएको लकडाउन करिब ६ महिना पुगेपछि हटाइएको थियो ।ठिक एकवर्ष अघि लगाएको लकडाउनकै कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको जोखिम नेपालमा पनि सर्न सक्ने भन्दै सिमानाका जिल्लामा कडाइ गर्दै निषेधाज्ञा जारी गरिएको हो । कोरोनाको दोस्रो चरणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी गरिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आदेश दिएका छन् । आदेशमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न र भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने उल्लेख छ।
अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात एवं आवागमन जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरेर बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न पाइने आदेशमा उल्लेख भएको हो ।हरेक व्यक्तिले मास्क, स्यानिटाइजर र भौतकि दूरीको नियम कडाइसाथ पालना गर्नुपर्ने अन्यथा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि जनाएको छ।यो समाचार एसियन पाटी अनलाइन खबरमा प्रकाशित छ ।