सभा, जुलुस, जमघट र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


९ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठ्क, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि आग्रह गरेको छ ।

केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्नका लागि आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा अनुरोधमात्र गरिएको बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like