शिक्षक बलिदान दिवस तथा खड्ग स्मृति दिवस कुपन्डोलमा

९ चैत २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल प्रगतिशील शिक्षक युनियनले पहिलो पटक संयुक्त रुपमा शिक्षक वलिदान दिवस तथा खडग स्मृति दिवस मनाएका छन् । गत वर्ष अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा ललितपुरको कुपन्डोलस्थित पार्टी कार्यालयमा मनाउन सुरु गरेको यो दोस्रो कार्यक्रम रहेको अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव विष्णु आलेले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सपना राजथलाले शिक्षक संगठनले शिक्षक हकहितका कुरालाई लिएर ज्यान बलिदान दिने खड्ग सरको महिमागान गरेकी थिइन् । प्रदेश संरक्षक शिव श्रेष्ठले शिक्षक संगठनको विशेष भूमिकामा रहेर शिक्षक संगठनले काम गर्न थाल्नुपर्ने धारणा राखेका थिए । अखिल नेपाल शिक्षक संगठनका महा सचिव रुपाखेती लगायत तीन वटै शिक्षक शिक्षक संगठनले आगामी दिनहरुमा एक भएर अघि बढ्न के गर्ने भन्ने विषयमा छलफल समेत भएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like