वैद्य निकट ललितपुर शिक्षक संगठनको विशेष बैठ्क सम्पन्न


८ चैत २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) आवद्ध अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको विशेष बैठ्क शनिबार सम्पन्न भएको छ । संगठनका केन्द्रीय अध्यक्ष विजय रत्न ब्रजाचार्यको प्रमुख आतिथ्यतामा ललितपुरको कुपन्डोलस्थित पार्टी कार्यालयमा बैठ्क सम्पन्न भएको हो । विशेष बैठ्कले ललितपुर जिल्लामा शिक्षकका पेशागत हकहितका कुरालाई लिएर एक महिने अभियान आरम्भ प्रस्ताव पारित गर्दै सम्पन्न भएको संगठनका केन्द्रीय अध्यक्ष विजय रत्न ब्रजाचार्यले न्युजकिरण डटकम अनलाइन लाई जानकारी दिए । दिउँसो साँढे ११ बजे सुरु भएको बैठ्क करिब ३:३० मा सकिएको र बैठ्कमा जिल्ला सेक्रेटरी दिपक, इन्चार्ज क्षितिजको उपस्थिति रहेको केन्द्रीय अध्यक्ष विजय रत्न ब्रजाचार्यले जानकारी दिएका हुन् । बज्राचार्यका अनुसार पुन: क.रोहितको जिल्ला संयोजकत्वमा ११ सदस्यीय नयाँ कमिटीको पनि निर्माण जानकारी दिएका हुन् । सदस्यहरुमा कुमार भट्टराई,प्रकास चौधरी,बाबुलाल लोप्चन,रोहिसा श्रेष्ठ, किरण गटाइती,अनिता मल्ल ठकुरी,नवराज चौलागाई, इश्वरी गुरागाई र प्रमिला अमात्य रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like