आयल निगमले गर्यो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि


३ चैत २०७७ काठमाडौं ।नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । १५ दिनअघि मूल्य वृद्धि गरेको निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँका दरले मंगलबारबाट लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
मूल्य वृद्धिसँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्ने भएको छ ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ पुर्याएको छ । निगमले ग्याँस र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ । निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो भने त्यसबेला केही मसिना विद्यार्थी संगठनले विरोध पनि जनाएका थिए । अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै निगमले पटकपटक भाउ बढाउँदै आएको थियो। निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like