शिवरात्रीमा पूर्वाधार शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना


२७ फागुन २०७७ काठमाडौं । शैक्षिक सरोकारवालाका समस्याहरु हल गर्ने उद्देश्यले हालै पूर्वाधार शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको छ । विहिबार महालक्ष्मी नगरपालिका वडा नं ८ अन्तर्गत लुभूमा पर्ने नमुना अङ्ग्रेजी माध्यमिक विद्यालयसँगै रहेको एक भवनमा सो सहकारी संस्थाको स्थापना भएको हो । विशेषत: अभिभावक, शिक्षक र विद्यार्थीहरु तथा शैक्षिक सरोकारवालाका समस्याहरु हलगर्ने उद्देश्यका साथ सहकारी संस्थाको स्थापना भएको नमुना अमाविका प्रधानाध्यापकले न्युजकिरण डटकम अनलाइन खबर लाई जानकारी दिनुभयो ।

विगतमा गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी’ नामक तात्कालीन सरकारको नीतिगत नारा असफल योजनामा नपरेका होइनन् । तर, अहिले निजी क्षेत्रबाट संचालित सहकारीहरुले नै राम्रो आर्थिक गतिविधि गरिरहेको पाइएको छ। शिवरात्रीको अवसर पारेर खोलिएको पूर्वाधार शिक्षा बचत तथा ऋण सहकारी लिमिटेडले भने चाडैं सफलता पाउनेमा सबैले विश्वास गरेका छन् ।


newskiran.com

newskiran.com

You May Also Like