ओली जोगाउन भट्टराईले गरे आठ सुत्रीय सार्वजनिक बुँदाहरु


२६ फागुन २०७७ काठमाडौं । प्रचन्ड माधव समूहका नेता योगेश भट्टराईले नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने ८ सूत्र सार्वजनिक गरेका छन् । भट्टराईले भनेका छन्, ‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ ।’उनले सार्वजनिक गरेका आठ सुत्रीय सार्वजनिक बुँदाहरुमा:-

१। प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२। इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने ।

३। केपी ओली, प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने ।

४। तीन अध्यक्ष राख्दा पनि नमिले झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालनबाहेक नीतिगत नेतृत्व गर्ने ।

५। महासचिव बिष्णु पौडेलको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने, अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।

६। महासचिव पौडेल नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।

७। प्रदेश सरकारहरुको पुनर्गठन गर्ने, संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व गराउने ।

८। स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने । सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर माधव नेपालले पहिलो ‘नेकपाकै एकता बचाइराख्ने’ र दोस्रो ‘ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने’ दुईवटा विकल्पमा बोलेका थिए ।

आइतबार सर्वोच्चको निर्णयपछि नेता झलनाथ खनालले भने आफू एमाले नै भएको बताएका छन् ।
पूर्वएमालेको ठूलो पंक्ति ओली सरकारबाट अलग्गिएर दाहालतिर लागेका थिए ।जसमा नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब पूर्व एमालेमै फर्किने निर्णय गरेको छन् । तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले सबै विकल्पमा अहिले संवाद भइरहेको बताउँदै पार्टी एकता नयाँ तरिकाले अघि बढ्ने पनि बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like