महिलाहरुले सम्पतिमा बराबरी अधिकार पाउनुपर्छ: परि थापा, हेर्नुहोस् भिडियो सहित


२६ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्तिक मोर्चाका केन्द्रीय सचिव परि थापाले महिलाहरुले ३ वटा अधिकार पाउनुपर्ने दाबी गरेका छन् । सोमबार संयुक्त मोर्चाको एक कार्यक्रममा बोल्दै थापाले नारीले सम्पतिमा समान अधिकार पाउनुपर्ने, लैङ्गिक समानता तथा सामाजिक दृष्टिकोणबाट पनि समानताको हक अधिकार पाउनुपर्ने र प्रजनन अधिकारका लागि नारी स्वयम् स्वतन्त्र बन्ने अधिकार पाउनुपर्ने दाबी गरेका हुन् ।उनले यो माघ सरकारसँग विगतमा आफू सांसद हुँदा राखेको बताए ।उनले थपे,”पुरुष बाउ ओ,आमा माउ हो ?”माउले मात्र आफ्ना बच्चाहरुलाई खुवाउन र हुर्काउन जान्दछ । पुरुष त डाँक्ला हुन बेकारको! पुरुषसँग पैसा भयो भने अरुलाई खुवाएर सक्छन् महिलाहरुले भने उनीहरुसँग पैसा छ भने आफ्ना घरमा बालबच्चाहरुलाई खुवाउँन खर्च गर्छन् ।त्यसैले बाउको भन्दा माउको महत्व रहेको उनले बताए ।

यो पनि हेर्नुहोस्:

मार्च ८ अर्थात नारी दिवस भन्दै शहीद गेट नजिकै महिलाहरुले निकालेको नारा जुलुस यस्तो छ:

newskiran.com

newskiran.com

You May Also Like