डा केसीका माग समझदारी नजिक पुग्यो

८ श्रावण २०७५-गत असार १६ गतेदेखि आमरण अनशन बसेका डा.केसीले आफूले उठाएका अधिकांश मागमा समझदारी नजिक पुगेको बताएका छन्। बुधबार बिहान ९ बजे पुन: बैठक बसी सकभर सहमतिमा पुगी अघि बढ्ने संयुक्त वक्तव्यमा जनाइएको हो। सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र डा.केसीका तर्फबाट डा.अभिषेकराज सिंहले आ -आफ्नो वार्ता टोलीको नेतृत्व गरिरहेका छन् । डा. केसी चिकित्सा शिक्षा विधेयक अघिल्लो सरकारले ल्याएको अध्यादेश अनुसार परिमार्जन हुनुपर्ने, माइतीघर मण्डलालगायत क्षेत्रमा लगाएको निषेधाज्ञाको निर्णय रद्द गर्नुपर्ने लगायत माग राखेर आमरण अनशन बसेका हुन ।

newskiran.com

newskiran.com

You May Also Like