यसपालिको एसईई जेठ १३ बाट सुरु हुने


२५ फागुन २०७७ काठमाडौं । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज(मंगलबार) बसेको बैठ्कले यस्तो निर्णय गरेको जनाएको हो ।
एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने र कक्षा १२ को परीक्षा जेठ २६ देखिबाट सुरु हुने भनिएको छ ।
यसअघि बोर्डले जेष्ठमा सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । कोरोना महामारीका कारण परीक्षा तालिका यसवर्षदेखि परिवर्तन भएको हो ।
यस्तो छ परीक्षा तालिका:
२०७८ जेठ १३ गते – अनिवार्य अङ्ग्रेजी

२०७८ जेठ १४ गते – वेदविद्याश्रामतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अङ्ग्रेजि, अनिवार्य नेपाली,गैर नेपालि विद्यार्थीहरुका लागि अङ्ग्रेजी ।

२०७८ जेठ १६ गते – अनिवार्य गणित

२०७८ जेठ १७ गते – अनिवार्य विज्ञान, वेदविद्याश्रामतर्फ : अनिवार्य संस्कृत,व्याकरण तथा अनुवाद ।

२०७८ जेठ १८ गते – अनिवार्य सामाजिक अध्ययन, प्राविधिक तर्फ :Farm Management and Marketing/Engineering Drawing/Computer Repair and Maintenance,Basic Music.

२०७८ जेठ १९ गते – अनिवार्य स्वास्थ्य,जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रामतर्फ : कर्मकाण्ड/फलित ज्योतिष,संस्कृत तर्फ अनिवार्य संस्कृत भाष, प्राविधिक तर्फ :Aquaculture and Fisheries/Electrical Measurement and Instrument/Computer Networks/Engineering Surveying,Music of Nepal.

२०७८ जेठ २० गते – साधारण तथा संस्कृतितर्फः ऐच्छिक प्रथम पत्रका सबै विषयहरु
वेदविद्याश्रमतर्फः ऐच्छिक प्रथम पत्रका सबै विषयहरु
प्रविधिक विषयतर्फः ऐच्छिक विषय तर्फका सबै विषयहरु

२०७८ जेठ २१ गते – साधारण तथा संस्कृतितर्फः ऐच्छिक द्वितिय पत्रका सबै षियहरु
वेदविद्याश्रमतर्फः ऐच्छिक द्वितिय पत्रका सबै विषयहरु
प्रविधिक विषयतर्फः Vegetable and medicinal plant production/Dairy and Dairy products/utilization of
electrical energy/database management/Music Technology

२०७८ जेठ २२ गते – प्रविधिक विषयतर्फः Crop Production/Small Ruminant Production and Management/Electronic device and Circuit/Water resource Engineering/Instrument keyboard

२०७८ जेठ २३ गते – प्रविधिक विषयतर्फः Industrial Entomology and Mushroom/Animal health- II/Electrical
Machine/Microprocessor/Highway Engineering/Music business and Program
Management

२०७८ जेठ २४ गते – प्रविधिक विषयतर्फ : Floriculture and Nursery Management/ Veterinary Laboratory Techniques/Industrial
Installation and Maintenance/ Object Oriented Programming/Estimating Costing and
Supervision/Optional subject (Singing,Musical Instrument, Dance)

newskiran.com

newskiran.com

You May Also Like