२५ देखि ३० हजारसम्म कमाउने महिला राइडर सम्मानित


२४ फागुन २०७७ काठमाडौं । मार्च ८ अर्थात अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरलाई सम्मान गरेको छ ।सोमबार उनीहरूलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको हो । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालका अनुसार कार्यक्रममा महिला राइडरहरुले अनुभव आदानप्रदान समेत पनि गरे। ‘महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी हो,’ हमाले भनिन्, ‘पठाओमा महिला दिदीबहिनीको संख्या बढिरहेको छ । यो देख्दा हामीलाई निकै खुशी लागेको छ ।’

पठाओ नेपालमा हाल करिब १ हजार ६ सयजना महिला राइडरहरु आवद्ध रहेका छन् । ती मध्ये करीब ३ सय दैनिक रुपमा सक्रिय देखिन्छन् ।राइडरहरुको मासिक आय करिब २५ हजारदेखि ३० हजारसम्म रहेको हमालले जानकारी दिइन् ।

newskiran.com

newskiran.com

You May Also Like