मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस एक चर्चा


-विष्णु आले

२४ फागुन २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय महिला आन्दोलनकी एक अगुवा क्लारा जेटकिनले तात्कालीन जर्मन सरकारको रवैया महिला माथि गरिने लैङ्गिक विभेदको अन्त्यका लागि कोपेनहेगनमा भएको महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमार्फत अन्तराष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव लगिन् र सो पारित भएसँगै अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ ।

सन् १८५७ जुलाई ५ का दिन जर्मनीको सक्सोनी प्रदेशमा जन्मिएकी क्लाराले आफनै पिता शिक्षकबाट र रसियन नागरिक ओसिप जेटकिनको वैज्ञानिक समाजवादी विचारधाराबाट प्रभावित भएर जर्मन सोसल डेमोक्रेटिक पार्टीमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेकी थिइन् । पार्टीमा छँदा उनी पार्टी शिक्षा केन्द्रीय समिति सदस्य थिन् । सन् १९१० मा फ्रान्सको राजधानी कोपेनहेगनमा भएको महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनले नारी दिवस मनाउने प्रस्ताव पारित भएसँगै सन् १९११ मार्च ८ देखि नारी दिवस मनाउने गरिएको हो ।

सन् १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट सचिव पदमा चुनिएकी क्लाराले सन् १९१७ सम्म सो पदमा बसेर काम गरेकी थिइन् ।सन् १९३३ मा हिटलरको शासन सुरु भएपछि क्लाराको पार्टी माथि प्रतिबन्ध लागेको थियो । यस अघि आफू संलग्न पार्टीमा मतभेद हुँदा उनी सन् १९१८ मा उनी जर्मन साम्यवादी पार्टीको स्थापनार्थ लागेकी थिइन् ।उनी सन् १९२१ देखि १९३३ सम्म साम्यवादी अन्तर्राष्ट्रिय समितिको कार्यसमितिमा रहेर काम गरेकी थिइन् । जर्मन संसद रिचस्टेगको सदस्य हुँदा उनले जेष्ठ सदस्यको हैसियतमा जर्मन संसदको अधिवेशनको उद्घाटन गर्ने अवसर पाएकी थिइन् ।

तात्कालीन महिलाहरुले पुरुषको अनुमति विना घर बाहिर निस्कन नपाउने, मताधिकार प्रयोग गर्न नपाउने,विश्व विद्यालय शिक्षा लिन नपाउने लगायत महिलाहरुमाथिका विभेदहरु जर्मनमा थिए ।नेपालमा भने चन्द्रशमशेरले सतिप्रथा उन्मुलन गर्नु पूर्वको अवधि होस् वा सन् १९४७ अघि पढ्न नपाउने अवस्था होस् दुवै जघन्य घटना हुन् ।

नेपालमा भने लोकतन्त्र आएपछिको दलीय सरकारले महिला माथिका विभेदहरु सैदान्तिक रुपमा हटेको जनाएपनि पितृसत्तात्मक राज्यको पुरातनवादी सोच चिर्न नसकेको देखिन्छ ।राज्यबाट राजधानी र सहरोन्मुख महिला अधिकार प्रदान गरिएको देखिए झैं लाग्ने नेपाली समाजमा अधिकार विहिन भएर बाँच्न र लैङ्गिक विभेद हेर्न आफ्नै घर,टोल,छिमेक पुगे काफी छ ।अन्तर्राष्ट्रिय नारी दिवसले सबैमा चेतना जागोस् लैङ्गिक विभेदको अन्त्यतर्फ किन नलाग्ने?

newskiran.com

newskiran.com

You May Also Like