एकपटक जोकोही जानै पर्ने ठाउँ बन्दै स्वयम्भू, हेर्नुहोस् भिडियो सहित


२२ फागुन २०७७ काठमाडौं । काठमाडौं उपत्यका राम्रोसँग हेर्न मन छ भने एकपटक जोकोहीले जानै पर्ने ठाउँ स्वयम्भू बन्दै गएको छ । प्राय : बिदाको दिन भीडभाड देखिने सो ठाउँमा जानेहरुले उपत्यका दृश्य राम्रोसँग अवलोकन गर्न पाउँछन् । आफै उत्पति भएको मानिएको देवता दर्शन गरेर फर्किँदा शुभ हुने विश्वास गरिएको छ ।त्यसो त जाडो महिनामा दिउँसो १-३ बजेसम्म र गर्मी मौसममा १०-१ बजे सम्म काठमाडौँको रमाइलो दृश्य अवलोकनका लागि मानिसहरू स्वयम्भू जाने गर्छन् ।

त्यसैले,जो कोही जानैपर्ने ठाउँ स्वयम्भू बन्दै गएको हो ।रुढीवादी कथनअनुसार कोही धार्मिक व्यक्तिहरुले पशुपति नाथ मन्दिर दर्शन गरेपछि सोही फुलप्रसाद बोकेर स्वयम्भू जान नहुने तर्क राखेका छन् ।
मोबाइलमा फोटो वा भिडियो खिचेर पोष्ट गर्नका लागि कतिपय युवायुवतीहरुको शनिबार भने भीड लाग्ने गरेको देखिन्छ ।०७७ फागुन २२ गते न्युजकिरण डटकम अनलाइन खबर टोलीले खिचेको भिडियोमा बाग्लै मानिसहरु स्वयम्भू गएको पाइएको छ ।मानिसहरु फोटो खिच्ने,गीत गाउने, मन्दिरमा सिक्का हान्ने,सुतेको वुद्ध हेर्ने, बाँदर पाउरोटी चपाएर बसेको आदि दृश्य क्यामेरामा देख्न सकिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like