किन एक्कासी गरे वैद्यसँग विप्लवले भेट


२२ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र विप्लवबीच शनिबार दिउँसो भेटवार्ता भएको छ । शनिबार रणनैतिक मोर्चाको बैठ्क नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालय कुपन्डोलमा बस्ने क्रममा किरण र विप्लव बीच भेटवार्ता भएको हो ।चार दलीय रणनैतिक मोर्चाको बैठ्कमा मोहन वैद्य किरण,सिपी गजुरेल र इन्द्र मोहन सिग्देल उपस्थित थिए भने नेत्रविक्रम चन्द विप्लव,खडग बहादुर विश्वकर्मा, देशभक्त दुलाल आहुति र ऋषि कट्टेल लगायत शीर्षस्थ नेताहरूको उपस्थित रहेको थियो । बैठ्कमा रणनैतिक मोर्चाको भावी रणनीतिबारे छलफल भएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like