अबको विकल्प संघीय जनगणतन्त्र, हेर्नुहोस भिडियो सहित


२२ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले अब लोकतान्त्रिक गणतन्त्र आइसकेकाले अब संघीय जनगणतन्त्र ल्याउन सबै पार्टी हरु एकजुट हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै सागरले संघीय जनगणतन्त्र नआइ नेपाली जनताले सुख नपाउने र त्यो ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।

नेपालको विगतमा शेरबहादुर देउवाले ४० सुत्रीय मागको सम्बोधन नगरेका कारण जनयुद्ध भएको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीको देवकोटा चोकमा र्याली सहित आयोजित जनसभा कार्य क्रममा बोल्दै सागरले तात्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ४० सुत्रीय मागको सम्बोधन नगरेका कारण माओवादीले जनयुद्ध गर्नु परेको बताएका हुन् । उनले थपे अहिले पनि वाम गठबन्धन सरकारको रवैया चलिरहेको छ । देशमा हत्या, हिँसा, बलत्कार र अशान्ति बढिरहेको छ ।यो संसदीय व्यवस्था ले नारा बाहेक न शान्ति न समृद्धि नै दिने बताएका छन् ।उनले करीब ३० मिनेट वर्तमान सरकारको कमिकमजोरी र आफ्नो पार्टीको भावी रणनीतिबारे बोलेका थिए । हेर्नुहोस भिडियो सहित

newskiran.com

newskiran.com

You May Also Like